Call Now

+855 1572 0555

Donate Now

Bhoomipuja

14 June
8

कम्बोडियामा पाँचौ सनातनधामको भुमिपुजन, गुरुजी कुमारन स्वामीको सक्रियतामा भव्य कार्यक्रमको आयोजना

कम्बोडियाकाे सिम रिपमा अायाेजित सनातन पाँचौ सनातन धामकाे भुमिपुजन गर्दै गुरूजी कुमारन स्वामी र अारएसएसका नेता ईन्द्रेश।

भारतको चारधाम पछि वल्र्डपीस एवम् अध्यात्म ज्योतिष ट्रष्ट मुम्बईका संस्थाक तथा सनातन धर्मका कर्मठ गुरु कुमारन स्वामीले हालै कम्बोडियामा पनि पाँचौ सनातन धामको भुमिपूजन गरेका छन् ।


भूमिपूजन कार्यक्रमको सहयोगी आरएसएसका नेता इन्द्रेश कुमारको प्रमुख आतिथ्यमा आयोजित समारोहमा भारत तथा कम्बोडिया बीचको सताब्दीयौं पुरानो सम्बन्धलाई पुनर्जीवित गर्नका लागि ३० मईका दिन कम्बोडियामा आयजना विशाल अन्तर्राष्ट्रिय कार्यक्रम तथा सनातन धाम स्थापनाका लागि भुमिपुजन गरिएको हो।


कार्यक्रममा कतिपय देशका राजारानी, राजनीतिक दलका नेता मन्त्री, आरएसएसका नेता सहित जगन्नाथ पुरीका सन्त तथा महात्माहरुको सहभागिता थियो । भारतका प्रतिनिधि लगायत थाइलैण्ड, मलेसिया, इण्डोनेसिया, श्रीलंका, म्यान्मार, वहराइन तथा नेपालका प्रतिनिधि समेत कार्यक्रममा सहभागिता थियो । कार्यक्रम स्थलमा भारतका कोइला तथा खानी राज्यमन्त्री हरिभाइ पार्थिभाइ चौधरीलाई विशेष धन्यवादको घोषणा समेत गरियो ।


कम्बोडियाको पाँच तारे होटल अंगकोर ऐरामा आयोजित भूमिपूजन समारोहमा गुरु कुमारन स्वामीले भारत गौरव अन्तर्राष्ट्रिय शान्ति पुरस्कारद्वारा विभिन्न देशका व्यक्तिहरुलाई सम्मानित गरे । यसै सिलसिलामा ३० मई २०१८ का दिन कम्बोडियामा पाँचौ सनातन धामको शिलान्यास गरी कुमारन स्वामीले इतिहासमा नयाँ अध्याय थपेका छन् ।


सिएमरिप कम्बोडियामा यसरी भारत बाहिर प्रथम पटक १००८ (एक हजार आठ) शिवको नामबाट यस्तो धामको स्थापना हुन लागेको हो । भगवान शिवको सबैभन्दा ठूलो मानिएको पाँचौं सनातन धामको दर्शनले सांसारिक कष्टबाट मुक्ति मिल्ने विश्वास गरिएको छ । बल्र्ड पीस एवम् अध्यारम ज्योतिष ट्रष्टका झारखण्ड प्रदेश मिडिया प्रमुख प्रशान्त मल्लिकले यो कार्यक्रमले भारत र कम्बोडिया बीचको सम्बन्ध अझै सुमधुर बन्ने र रोजगारीका अवसरमा समेत वृद्धि हुने बताएका छन् ।


पाँचौ सनातनधाम स्थापनका अवसरमा प्रसिद्ध उद्योगपति डा. हीरनंदानी, अफ्रिकी मुलुक घानाका रानी मदर वेष्टर्न रिजन–एचएच नाना इफुवा सासा, घाना किंग चिफ वेस्टर्न रिजन–एचएच नाना विलियम न्यामेके, घाना रानी मदर सेन्ट्रल रिजन अब्दुरा –एचएच नाना इफुवा सासा, श्रीलंका राष्ट्रपतिका सचिव इददावेला, कम्बोडियाका सुचना मन्त्री एचई खिउ कान्हारिथ, कम्बोडियाका मन्त्री र राज्य सचिव, कम्बोडियाका सैनिक अधिकारी, चिफ माँन्क र कम्बोडियाका विशिष्ट प्रोटोकाँल अधिकारीहरुको उपस्थिति थियो ।

whatapp